सञ्चार सचिव अर्याल तथा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीबीच कार्यसम्पादन सम्झौता – Nepal Press

सञ्चार सचिव अर्याल तथा चलचित्र विकास बोर्डका अध्यक्ष डिसीबीच कार्यसम्पादन सम्झौता

काठमाडाैं । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरुको सम्झौता भएको छ ।

सम्झौतामा नेपाल सरकारको निति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरु आदि समावेश रहेका छन् ।

उक्त सम्झौताको समयमा मन्त्री गुरुङ तथा सचिव अर्यालबाट मार्ग निर्देशन समेत गरिएको थियो ।

सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माण देखी मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरु समेटिएका छन् ।

सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यअवस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिवद्यता समेत गरेका छन् ।

सञ्चार मन्त्रालयले आज आफू मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *