प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाई भेट

२०८१ भदौ ३० गते १५:२३

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट
काठमाडौँ, ३० भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले बिदाइ भेट गर्नुहुँदै । तस्बिर ः प्रधानमन्त्रीको कार्यालय÷रासस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाई भेट गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरागरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए ।
भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो ।
भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर