मालवाहक ट्रक त्रिशूलीमा खस्यो

२०८१ भदौ ३० गते ८:११

हेटौँडा । चितवनमा मालवाहक ट्रक दुर्घटनामा परेको छ ।
भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल क्षेत्रमा रहेको किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खाने तेल बोकेर सिमराबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।
अहिले प्रहरी घटनास्थल पुगेको र उद्धारको काम भइरहेको प्रहरीको भनाई छ । घटनामा मानवीय क्षतिबारे प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर