बाल दिवस : विद्यालय छाड्ने बालबालिकाको अवस्थाकाे परिवर्तन कसले गर्ने ? – Nepal Press

बाल दिवस : विद्यालय छाड्ने बालबालिकाको अवस्थाकाे परिवर्तन कसले गर्ने ?

नेपालले ६० औँ राष्ट्रिय बाल दिवस देशभरी उल्लासमय र उत्साहजनक तरिकाले मनाएको छ । बालअधिकारको क्षेत्रमा कार्य गर्ने हरेकका लागि राष्ट्रिय बाल दिवस महत्वपूर्ण लाग्ने गर्छ भने बालबालिकाले त यसलाई अझ विशेष पर्व नै मान्ने गर्छन् ।

संयुक्त राष्ट्र संघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गर्नु पूर्व नेपाल बाल संगठनकी संस्थापक अध्यक्ष तत्कालीन वडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको जन्मोत्सवको अवसर पारेर वि. सं. २०२२ भदौ ०४ २० ब्गनगकत ज्ञढटद्ध ० गते राष्ट्रिय बाल दिवस मनाउन सुरु गरे पनि उक्त महासन्धिलाई नेपालले १४ सेम्टेम्बरमा निशर्त अनुमोदन गरेपछि ज्ञद्ध क्भउतझदभच अर्थात् भाद्र २९ गते मनाउँदै आइरहेको छ ।

विद्यालयमा सहभागिता र गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितताका लागि अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ अन्तर्गत नेपाल सरकारद्वारा तोकिएको उमेर समूहका बालबालिकाहरूलाई विद्यालयमा भर्ना गराइन्छ। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ७ लाख ९५ हजार विद्यार्थी प्रवेश गरेका छन भने २ लाख १३ हजार बालबालिका अझ पनि विद्यालयको पहुँचभन्दा बाहिर छन् ।

विद्यालय भर्ना हुने उमेर समूहका करिब ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना भएपनि चार प्रतिशत बालबालिका विद्यालयको पहुँचबाट बाहिर गरेको सरकारी तथ्याङ्क छ । बालबालिकाको शिक्षामा सहज पहुँच र निरन्तर सुनिश्चित गरिनु पर्दछ। भर्ना अभियान हरेक वर्ष सरकारी योजना भित्र पर्दछ ।

राज्यका मातहतका निकायले बालबालिका क्षेत्रमा पनि योजना अनुरूप कार्यक्रम गर्दै आएको पनि देखिन्छ । विधालयको सम्पूर्ण पंक्ति भर्ना अभियानमा जोडिएर सफलता पूर्वक कार्य पनि गर्दै आएको देखिन्छ । विशेषगरी असहाय बालबालिका विद्यालय पुगेर पढ्न पनि सुरु गर्छन् अनि सबैको जिम्मेवारी यही आएर सकिएको घोषणा पनि गर्दछन् ।

राज्यको उद्देश्य पूरा त भयो तर के बालबालिकाको पठनपाठन नियमित छ रु बालबालिका नियमित विद्यालय आएका छन् रु कति विद्यार्थीले पढ्दापढ्दै विद्यालय छाडे रु बालबालिकाको बालमनोविज्ञान कस्तो छ रु बालबालिकालाई कस्तो पारिवारिक वातावरण छ रु लगायतका प्रश्नहरूको उत्तर अनुत्तरित छन् ।

यस्ता अनुत्तरित विषयका कारण बालबालिकाले विद्यालयमा निरन्तर अध्ययन गर्न नसकेको अवस्था विद्यमान छन् । मानव तथा शिक्षा विकास स्रोत केन्द्रका अनुसार कक्षा १ मा भर्ना भएका ८३.५ प्रतिशत बालबालिका कक्षा ८ मा पुग्छन् । विभिन्न खालको जोखिममा परेको बालबालिकाको शिक्षामा नियमितता छैन । जोखिमयुक्त बालबालिकाको पहिचान गर्न सक्ने संयन्त्र निर्माण गरी संयन्त्रलाई प्रक्रियामुखी मात्र नबनाइ प्रभावमुखी बनाइ सञ्चालन गर्नु पर्दछ ।

पारिवारिक कलहको कारण बाल मस्तिष्कमा नकारात्मक असर परेको छ कि । आर्थिक अवस्था कमजोर अनि त्यसमाथि अभिभावक बिचको समस्याले उत्पन्न परिस्थितिले बालबालिकाको हित गर्न सकेको छैन । अभिभावक भएर पनि संरक्षणहिन अवस्थामा रहेका बालबालिका घर चलाउन पढ्दापढ्दै विद्यालय छाड्न परेको छ । पढ्ने ,खेल्ने , नयाँ कुरा सिक्ने उमेरमा विद्यालयतिर भन्दा पनि सडकमा समय बिताउन रुचि देखाउने बालबालिका मुख्य समस्या परेका छन् ।

जोखिमम परेका बालबालिकाको मस्तिष्कमा सकारात्मक भन्दा पनि धेरै नकारात्मक भावना र बिचारहरू खेलिरहेका हुन्छन् । जोखिममा परेका बालबालिका प्राय विभेदको शिकारमा छन् । कुनकुन बालबालिका कस्तोकस्तो समाजमा बसोबास गर्छन् भन्ने आधारमा हाम्रो समाजले बालबालिका माथि व्यवहार गरेका हुन्छन् ।

स्वभाविक हो , बालबालिकाको वृत्ति र विकासमा समाजको महत्त्वपूर्ण भूमिका रहन्छ तर समाजकै प्रभावमा बालबालिका बिग्रनु, विद्यालय छाड्नुलाई सामान्य मानेर समस्याबाट टाढा भाग्नु कदापि राम्रो होइन । त्यही समाजबाट समाधान निकाल्नु पर्छ। कम्तिमा पनि कक्षा ८ सम्म जोखिममा परेका बालबालिका विशेष हेरचाह गर्नु पर्छ ।

कक्षा ८ सम्म पुग्दा बालबालिकाको आफ्नो बारे आफै पनि निर्णय लिन सक्ने तहमा विकसित हुँदै जान्छन् । विद्यालय छाड्ने प्रवृत्तिलाई रोक्नका लागि जोखिममा परेका बालबालिकालाई राज्यले आवसिय विधालयको व्यवस्था गर्नुपर्छ। परिवारबाट उचित स्याहार सुसार नपाएका बालबालिकाको मनोविज्ञानमा बुझ्न सकिएन र त्यसलाई प्रभावकारी ढङ्गले शिक्षा दिन सकिएन भने विद्यालयबाट पाउने शिक्षाले कुनै महत्त्व राख्दैन ।

अन्त्यमा जोखिममा परेका र विद्यालय छाड्ने ९ ड्रप आउट ० बालबालिकाको मनोविज्ञान शिक्षामुखी भएन भने त्यसको मूल्य बालबालिकाले तिर्नु त पर्दछ नै तर सिङ्गो समाज र मुलुकले पनि तिर्नु पर्छ। बालबालिकाको सर्वाङ्गीण विकासको जिम्मेवारी सम्पूर्ण अभिभावक , समुदाय र सरकारको हो ।

हामीले बालबालिकाले भोग्न परेका समस्यालाई देखाएर सस्तो लोकप्रियता लागि गरिने समाजिक काम बन्द गर्नु पर्छ । वास्तवमा जोखिममा परेका बालबालिका पीडादायी यात्राले झन बढी सशक्त र क्षमतावान् हुन्छन् । ती बालबालिकाको क्षमतालाई सकारात्मक तरिकाले शिक्षा र सिकाइमा रुपान्तरण गर्ने हो भने देशको राष्ट्र भक्त र कर्तव्यनिष्ठ नागरिकको रुपमा स्थापित हुन सक्छन् । तसर्थ बालबालिकाका अनेकन समस्यालाई सम्बोधन गर्न बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्था, समाज , अभिभावकको साझा प्रयास जरुरी छ र हामी सबैको कर्तव्य पनि हो ।

(लेखक नेपाल बाल संगठन रुपन्देहीको सभापति हुन् ।)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *