संवैधानिक परिषद बैठक जारी, उपसभामुख राना पनि सहभागी
नेपाल प्रेस
२०८१ भदौ २८ गते १८:४१
काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा परिषदका सबै सदस्य सहभागी छन् । उपसभामुख इन्दिरा रानामगर पनि बैठकमा उपस्थित भएकी छन् ।
यसअघि परिषदमा सत्तारुढ दलको बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजिएको भनेर रास्वपालगायत विपक्षी दलले आरोप लगाएका थिए ।
तर आजको बैठकमा भने रानाको सहभागिता देखिएको छ ।
प्रतिक्रिया