एनएमबी बैंक- डिजिटल यात्रामा सधैँ अगाडि, २०२५ सम्म कागजी कारोबार अन्त्यको तयारी – Nepal Press

एनएमबी बैंक- डिजिटल यात्रामा सधैँ अगाडि, २०२५ सम्म कागजी कारोबार अन्त्यको तयारी

काठमाडौ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहित गरिरहेको बेला एनएमबी बैंकले पनि कागजी कारोबारलाई अन्त्य गर्ने गरी आफ्नो सेवा सुविधा ग्राहकमैत्री बनाउन लागि परेको छ । यही अभियानको प्रस्थान विन्दु थियो फिनाकल सफ्टवेयरको इन्ट्री । सन् २०१६ मा बैंकले आफूलाई प्रविधिमा अब्बल बनाउन पुमरीलाई विस्थापित गर्दै फिनाकल सफ्वेयर प्रयोग गर्न थाल्यो । त्यतिबेला उसले आफ्नो कोर बैकिङ प्रणालीलाई नै परिवर्तन गर्न सफल भयो ।

कोरोना महामारीपछि मौलाइरहेको विद्युतीय कारोबारमा एनएमबी आफू एक कदम अगाडि रहेको दाबी गर्छ । स्मार्टफोनको प्रयोग, इन्टरनेटको पहुँच वृद्धिले शहरदेखि ग्रामीण समुदायसम्म डिजिटल प्रविधिको प्रयोग गरेर बैंकिङ सेवा लिने क्रम बढ्दो छ ।

कुनै बेला निक्षेप जम्मा गर्न, खाता खोल्न र कर्जा लिन बैंक नै धाइरहनुपर्ने अवस्था विस्तारै कम हुँदै गइरहेको छ । केन्द्रीय बैंकले डिजिटल लेण्डिङ मार्गदर्शन जारी गर्नुअघि नै एनएमबीले आफ्ना ग्राहकलाई डिजिटल कर्जा दिन सुरू गरिसकेको एनएमबीका डिजिटल बैकिङ प्रमुख शिवराज उपाध्याय बताउँछन् ।

उनी भन्छन्, ‘२०७८ माघमा डिजिटल लेण्डिङको मार्गदर्शन ल्याइसकेपछि बैंकहरुले डिजिटल कर्जा दिन थाले । राष्ट्र बैंकको सर्कुलरभन्दा अघि एनएमबीले डिजिटल लेण्डिङ सुरू गरेको हो । त्यतिबेला एनएमबी सापटी भन्ने प्रोडक्ट थियो । यसमा बैंकमा तलब खाता भएका ग्राहकलाई २ लाख रूपैयाँसम्म कर्जा दिन्थ्यौं ।’

पछि त्यसैलाई विस्तार गरेर एनएमबीले सापटी टु भन्ने प्रोडक्ट ल्यायो । एनएमबीको डिजिटल यात्रा यतिमै रोकिएन । अझ बढी प्रविधिमा अभ्यस्त बन्दै गयो । अरुभन्दा फरक र सहज कसरी हुने भन्ने बाटो खोजिरह्यो ।

त्यही फरकपन र सहजताका लागि बैंक आफैंले विकास गरेको एनएमबी सजिलो कर्जा आयो । यो पनि पूर्णरूपमा विद्युतीय लेण्डिङ प्रोडक्ट हो । यो सजिलो कर्जाले एनएमबीकै क्यूआर मर्चेन्ट र ई-कमर्श प्लेटफर्म दराजका बिक्रेतालाई सजिलो बनायो । उनीहरूले पनि बैंकमा नधाई मोबाइल एप्लिकेशनबाटै ५ लाख रूपैयाँसम्म सजिलै कर्जा पाउन सक्ने भए ।

सबै पेशा तथा उमेर समूहको रोजाइको बैंक बन्ने लाइनमा रहेको एनएमबीले कृषकका लागि पनि प्रविधिबाटै कर्जा लिन सक्ने व्यवस्था गरिसकेको छ । खेती फुड्स र खेती फार्मलाई उनीहरूको एप्लिकेसन प्रयोग गरेर ५ लाखसम्म कर्जा दिन सकिने व्यवस्था गरिएको छ । तर, यी सबै डिजिटल लेण्डिङका लागि एनएमबीमा खाता भने हुनैपर्छ ।

यदि कुनै ग्राहकले सजिलो कर्जा लिन चाहन्छ भने बैंकले सर्वप्रथम उक्त ग्राहकको खाताको विश्लेषण गर्छ । खाता कति वर्ष अघिदेखि खोलिएको हो । त्यसमा न्यूनतम मौज्दात कति छ । कतिपटक राख्ने र कतिपटक झिक्ने गरेको छ र उक्त रकमको स्रोत केहो भनेर केलाउने गर्छ ।

एनएमबीको मोबाइल एपबाट सजिलो कर्जा आइकनमा आफूलाई भेरिफाइ (विभिन्न विवरणहरू भरेर प्रामाणित गरिसकेपछि) गरेपछि कति रकमसम्म कर्जा पाइन्छ भन्ने देखाउँछ । यदि कर्जा लिन योग्य छैन भने चाहि खाली (ब्ल्यांक) आउँछ । न्युनतम पनि एक वर्षदेखि कारोबार गरेको ग्राहकले चलनचल्तीको ब्याजदरमा बिना धितो न्युनतम २ लाख रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा पाउँछन ।

एनएमबीको विनाधितो पाइने सबै प्रकारको (सजिलो, सापटी र खेती कर्जा) डिजिटल कर्जाको भुक्तानी भने मासिक किस्ताबन्दीमा २४ महिनाभित्र तिरिसक्नुपर्ने छ ।

बैंकको ७० प्रतिशत काम प्रविधिबाटै

एनमएबीले आन्तरिक कामलाई पनि डिजिटलमा रुपान्तरण गरिरहेको छ । उसले लगभग ४० वटा गतिविधिलाई प्रविधिबाटै गर्न सकिने बनाइसकेको छ । आन्तरिक गतिविधि अझ प्रविधिमैत्री बनाउन भारतीय कम्पनीको विजनेस प्रोसेर म्यानेजमेन्ट प्रयोग गरिरहेको बैंकका अधिकारी बताउँछन् । जसले समग्र बिजनेश प्रोसेसलाई प्रविधिसँग जोड्छ । बैंकले ऋण दिने सुरूवाती प्रक्रियादेखि ऋण नउठेसम्म हुने काम कारबाहीलाई डिजिटल्ली गर्न सकिने बनाएको छ ।

बैंकको ७० प्रतिशत गतिविधि डिजिटलाइजेशन भइसकेको डिजिटल बैकिङ प्रमुख उपाध्यायले बताए ।

एनएमबीले गत वर्षदेखि म्यानुअल (हातले गर्ने) काम हटाउन आरपीए (रोबोटिक प्रोसेस अटोमेसन) प्रयोग गरिरहेको छ । यो भनेको कसैले कार्डको पिन बिर्सियो भने बैंकमा फोन गरेर पिन बिर्सियो भन्छन् । त्यसपछि बैंकले नयाँ पिन दिएर पठाउँछ वा कार्ड ब्लक गर्छ । यो भनेको सञ्चालन र म्यानुअल कुरा हो जुन एउटै प्रकृतिको हुन्छ । यस्ता कुरालाई प्राविधिक रुपले हस्तक्षेप गर्नुपर्छ भन्ने उद्देश्यले बैंकले आरपीए (रोबोटिक अटोमेसन) प्रयोग गरेको छ । जहाँ व्यक्तिले नभइ रोबोटले काम गर्छ ।

२०२५ को अन्तसम्ममा बैंकलाई पेपरलेस बनाउने उद्देश्यले लिएको एनएमबीले सकभर चेकबुक जारी नगर्ने गरी आफ्ना गतिविधिलाई प्रविधिमा रुपान्तरण गरिरहेको छ ।

-प्रवर्द्धनात्मक सामग्री


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *