पाँचथरमा बम विस्फोटबाट बालबालिकाको मृत्युबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ (भिडिओ)
नेपाल प्रेस
२०८१ भदौ २४ गते १३:४४
काठमाडौं । नेकपा एमालेले पाँचथरको विष्फोट घटनामा गृहमन्त्रीको जवाफ मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सरकारले जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘यो घटनामा सरकारले सदनमा आएर जवाफ दिनुपर्छ । यतिका समयमा समेत यो घटनामा जोडिएका दोषी को हो ? यस्तो गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीले संसदमा आएर जवाफ दिन माग गर्न चाहन्छु ।’
सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न गरे । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा गत बिहीबार सकेट विष्फोटका भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो ।
प्रतिक्रिया