मितेरी सहकारी ठगी प्रकरण- कांग्रेस उपसभापति गुरुङ दम्पतीविरुद्ध अनुसन्धानको माग गर्दै जाहेरी
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ ।
ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराएका हुन् ।
ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङनिकट स्रोतका अनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवैजनाले सम्बन्ध विच्छेदको कागज बनाएका छन् ।
ज्योति गुरुङ हाल नेपालमै नरहेको स्रोतले जनाएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।
सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा समेत यो उजुरी परेको छ ।
यद्यपि समितिको छानबिनको टीओआरमा मितेरी सहकारी नपरेकाले यो विषय राज्यका अनुसन्धान गर्ने निकायमा पठाइएको एक सदस्यले बताए ।
मितेरी सेभिङ एण्ड क्रेडि को अपरेटिभ महालक्ष्मी स्थान ललितपुरमा कार्यालय रहेको संस्था हो । यो सहकारीको हाल अध्यक्ष कुम्भराज गुरुङ (केबी), बोधविक्रम थापा सचिव, हरिबहादुर रोक्का मगर, मन गुरुङ लगायत सञ्चालक रहेको देखिएको छ ।
बागमती प्रदेश सहकारी विभागका सूचना अधिकारी लीलानाथ मिश्रका अनुसार यसले बागमती प्रदेश सहकारी विभागमा २०७७/७८ को लेखा परीक्षण विवरण बुझाएको छ । त्यसयता कुनै पनि विवरण बुझाएको छैन । पछिल्लो विवरण अनुसार यसले वार्षिक २५ करोडको कारोबार गरेको देखिन्छ । यसको बचत १९ करोड छ ।
बर्सेनि वार्षिक साधारण सभा नगरेका अर्थात् वार्षिक लेखा परीक्षण विवरण नबुझाएका अधिकांश सहकारी समस्यामा छन् । मितेरीले पनि विगत दुई आर्थिक वर्षको लेखा परीक्षण विवरण बुझाएको छैन ।
यो संस्थाको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ । ज्योति गुरुङ धनराजकी पत्नी हुन् । उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ ।
धनराज र ज्योति दुवैको नाममा ऋण निकालिएको र १४ करोड ८१ लाख रूपैया उनीहरूले बैंककमा ज्योति भण्डारीलाई पठाएको भने पनि अहिलेसम्म झुलाइरहेको अध्यक्ष कुम्भराजले नेपाल प्रेसलाई बताए । उनले आफूले यथार्थ विवरण संसदीय छानबिन समितिमा दिएको बताए । उनीसँग संसदीय छानबिन समितिले पनि बयान लिएको छ ।
धनराज गुरूंग मात्रै हैन धेरै छन कांग्रेशका नेताहरु यो देश र जनतालाई लुट्दै बसेका। आफ्नो कर्तुत छुपाईराख्न र ध्यान अन्तै मोड्न मात्र रबि लामिछाने माथि आरोपित गरिंदै छ। नांगिने भए अन्तमा आँफै नराम्रो संग।
नाङिनलाई त नङ्याउने हुन पर्यो नि !एक्छिनको नाटक हो ,सफाइ त पाईहाल्छ नि।
नेविसंघकाे सभापती हुँदै पार्टीकाे केन्द्रीय सदस्य र हाल उपाध्यक्ष रहेका धनराज सरल, सादगी र मध्यम बर्गिय आर्थिक हैसियतका थिए ।
२०७६-७७ देखि यिनकाे आर्थिक हैसियत निक्कै उकालाे लागेकाे र यसमा पार्टी सरकारमा हुँदा सरूवा-बढुवामा गरिदिएकाे काम बापतकाे कृतज्ञता र लाहुरे समुदायकाे सरसहयाेग र श्रीमती जाेतीकाे कमाईकाे याेगदान छ भन्थे उनी निकटका स्याङ्जाली-कार्यकर्ता र सरकारी पदासिन वा सेवा निबृत्त हरू ।
अघिल्लाे चुनाउमा पदमा संगकाे प्रतिष्पर्धा जनमत मात्र थिएन, धनबलमा कमजाेरी+कञ्जुस्याँई पनि कारक थियाे भन्छन् ।
तर,
०७९ मा मालपाेत र जग्गा-जमिन मन्त्री भएर सरूवा-बढुवा, छुट जग्गा दर्ता र गिरि बन्धु लगायतका काम गरेर राम्रै अंक-आकारमा अर्थाेपार्जन गरेकी पदमालाई पछार्न ठुलै लगानी गरेकाे र बुथ देखि आयाेग सम्म थुप्रै ट्रिक-तिकडम् अपनाएकाे कुराकाे बेलिबिस्तार स्याँग्जाकै निर्वाचन आयूक्तले आफू सरकारी छात्रबृत्तीमा कृषि पढ्न बाङ्लादेस गएर ईञ्जिनियरिङ् पढेकाे, अख्तियारमा बसेर निर्देशन बमाेजिम २-४ ठालुलाई जाकेकाे, मुद्दा लाई’देकाे जागिर खाई’देकाे र अर्का उपसभापती गाेपाल मार्फत दाइ-भाउजू सम्म पुगेकाे र कुल कमाईकाे दसांस मात्रैकाे लगानीमा आयूक्त बनेकाे भन्दै आफ्नाे पाैरख बखान गर्दा “बुध्दि हुनेले मतपत्र चपाउँदैनन् , भाेट हाल्दानै , बाक्सा बाँध्दा र खचपच् निप्ट्याँउदा बुध्दि, बिवेक र अधिकार सदुपयाेग गरिन्छ ।” भन्ने आयूक्त पनि भेटिए ।