स्पेनको सहज जित
हेटौँडा । युईएफए नेसन्स लिगमा स्पेनले स्विजरल्याण्डलाई पराजित गरेको छ । युरोपियन च्याम्पियन स्पेनले लिगमा स्विजरल्याण्डलाई सहजै पराजित गरेको हो ।
जेनेभामा भएको खेलमा स्पेन ४-१ ले विजयी बन्यो ।
स्पेनले खेलको चौथो मिनेटमा नै होसेलुको गोल मार्फत अग्रता कायम गरेको थियो ।
खेलको १३ औ मिनेटमा रुइज ले अग्रता दोब्बर बनाए । पहिलो हाफको ४१ औँ मिनेटमा स्विजरल्याण्डका खेलाडी आमडुनीले गोल गर्दै खेलमा फर्कने प्रयास गरे ।
पहिलो हाफ २-१ ले अघि रहेको स्पेनले खेलको ७७ औँ मिनेटमा अग्रतालाई थप फराकिलो बनायो । उसले रुइजको गोल मार्फत अग्रता ३-१ मा पुर्यायो ।
खेलको ८० औँ मिनेटमा टारेसले गोल गरेपछि खेल स्पेनले ४-१ ले जित्यो ।
जितपछि स्पेन लिगको ग्रुप ४ मा दुई खेलबाट ४ अंक बटुल्दै दोस्रो स्थानमा छ । सो समूहमा समान खेलबाट ६ अंक सहित डेनमार्क पहिलो स्थानमा छ ।