सत्तारुढ दलहरूको बैठक बस्दै, सरकारका न्यूनतम साझा कार्यक्रमको बारेमा छलफल हुने
काठमाडौं । नयाँ गठबन्धन बनेको करिब २ महिनापछि सत्तारुढ दलहरूको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान भएको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।
यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।
असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो ।
असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन् ।