महाभारत र राजनीति
महाभारत विश्वको सबैभन्दा लामो महाकाव्य हो । वेदव्यासद्वारा संस्कृतमा लिखित यो ग्रन्थमा लगभग एक लाख श्लोक समावेश छन् । महाभारतले तत्कालीन समयको राजनीतिक संरचना, राजा-प्रजाको सम्बन्ध, तथा विभिन्न राज्यहरूको बीचको सम्बन्धलाई राम्रोसँग प्रस्तुत गरेको छ । यस ग्रन्थमा प्रमुखतः हस्तिनापुर, द्वारका, मथुरा, र विदर्भजस्ता राज्यहरूको उल्लेख छ ।
हस्तिनापुरको सिंहासनका लागि भएको द्वन्द्व महाभारतको प्रमुख राजनीतिक कथा हो । राजा धृतराष्ट्रका पुत्र दुर्योधन र पाण्डवहरूको बीचको राजनीतिक द्वन्द्वले सम्पूर्ण भारत वर्षलाई प्रभावित पार्छ ।
कृष्ण महाभारतको केन्द्रीय पात्र हुन् । उनले राजनीति र कूटनीतिमा उत्कृष्ट भूमिका खेलेका छन। । उनी एक कुशल राजनीतिज्ञ हुन् जसले पाण्डवहरूको पक्षमा रही युद्धलाई मार्गदर्शन गर्छन् । कृष्णले आफ्नो कार्यद्वारा धर्मको पालना, राजनीतिमा नैतिकताको आवश्यकता, र निर्णायक क्षणमा साहस देखाउने महत्वलाई पुष्टि गर्छन् । उनी नीति र रणनीतिको प्रतीकको रूपमा देखिन्छन् । महाभारतमा कृष्णको कूटनीतिक प्रयासले पाण्डव र कौरवबीचको युद्धलाई रोक्ने गम्भीर र निर्णायक प्रयासलाई चित्रित गर्छ । उनी पाण्डवहरूको सखा, मार्गदर्शक र मुख्य सहयोगी थिए । युद्धलाई टार्न र शान्ति स्थापना गर्न उनले गरेका कूटनीतिक प्रयासहरू निकै महत्त्वपूर्ण छन् ।
कुरुक्षेत्र युद्ध हुनुभन्दा अघि, कृष्णले युद्ध टार्न कौरवहरूसँग शान्ति वार्ताको पहल गरेका थिए । उनले हस्तिनापुर दरबारमा गएर दुर्योधनसँग पाण्डवहरूलाई उनीहरूको हक दिन आग्रह गरे । कृष्णले पाण्डवहरूको तर्फबाट मात्र पाँच गाउँको माग राखे, जसले पाण्डवहरूले आफ्नो जीवन निर्वाह गर्न सकून् र युद्ध टारियोस् । कृष्णको आग्रह र सम्झौताको प्रस्तावलाई दुर्योधनले अहंकारपूर्वक अस्वीकार गर्यो । दुर्योधनको हठ, अभिमान र ईर्ष्याले गर्दा शान्ति वार्ताका सबै प्रयास असफल भए ।
कृष्णले कर्णलाई आफ्ना पक्षमा ल्याउने प्रयास पनि गरे । उनले कर्णलाई उनको जन्मसिद्ध अधिकारको बारेमा सत्य बताउँदै कुन्तीको छोरो भएको जानकारी गराए । कृष्णले कर्णलाई पाण्डवहरूको पक्षमा आउन र युधिष्ठिरलाई राजा बनाउन आग्रह गरे । तर, कर्णले आफ्नो मित्रता र धर्मलाई मान राख्दै दुर्योधनको पक्ष छोड्न अस्वीकार गरे।कृष्ण हस्तिनापुरमा शान्तिदूतको रूपमा गएका थिए । उनलाई सबैले सम्मानपूर्वक स्वागत गरे पनि दुर्योधन, शकुनि, कर्ण र दुःशासनले उनलाई छलकपट गर्न र अपमानित गर्न प्रयास गरे ।
कृष्णको धैर्य र कूटनीतिक कौशलले उनीहरूको प्रयासलाई निष्फल बनायो। कृष्णले युद्धको समयमा अन्य राजाहरूलाई पाण्डवहरूको पक्षमा ल्याउन कूटनीतिक पहलहरू चलाए । उनले युद्धको नैतिक पक्षलाई उजागर गर्दै धेरैराजाहरूलाई धर्मको पक्षमा उभ्याए । जब युद्ध रोक्न सबै प्रयास असफल भए, कृष्णले अर्जुनलाई गीता उपदेश दिएर धर्म र कर्तव्यबोधको मार्गदर्शन गरे । गीता उपदेशले अर्जुनलाई युद्ध लड्नको लागि मानसिक र भावनात्मक रूपमा तयार बनायो । कृष्णको शान्ति स्थापना गर्ने प्रयासको असफलताले युद्ध अपरिहार्य बनायो, जसले महाभारतलाई अन्ततः निर्णायक रूप दियो ।
राजनीति नैतिकताविना अस्तित्वमा रहन सक्दैन । नैतिकता मानव मूल्यहरूको रक्षामात्र होइन, यो राजनीति र समाजको दिगो विकासका लागि पनि आवश्यक छ । महाभारतमा देखाइएका युद्ध, छलकपट र कूटनीतिक निर्णयहरू सबैले नैतिकता र राजनीतिको जटिल सम्बन्धलाई उजागर गर्छन् ।
भीष्मको भूमिका महाभारतमा अत्यन्त जटिल छ । उनी कौरव र पाण्डव दुवैको संरक्षक भएर पनि कौरवको पक्षमा लड्न बाध्य छन् । राजनीतिमा उनी आफ्नो प्रतीज्ञा र धर्मको रक्षा गर्न अग्रसर हुन्छन् । उनका निर्णयहरूमा नैतिकता र कर्तव्यको द्वन्द्व स्पष्ट देखिन्छ । दुर्योधनको राजनीति प्रतिशोध, सत्ता प्राप्ति र अहंकारमा आधारित छ । उनले पाण्डवहरूलाई सधैं आफ्नो शत्रुका रूपमा हेरेका छन् र तिनलाई पराजित गर्न कुनै पनि हदसम्म जान्छन् । दुर्योधनले राजनीतिक शक्ति र विजयको लागि कुनै नैतिक मान्यतालाई नहेर्ने दृष्टिकोण देखाउँछन् ।
युधिष्ठिर सत्य र धर्मको प्रतीक हुन् । उनी नैतिकता र कर्तव्यमा आधारित राजनीति गर्छन् । तर, युधिष्ठिरको राजनीतिमा पनि कमजोरीहरू छन् । उनी आफ्नो कर्तव्य र परिवारको बीचमा फसेर कठिन निर्णयहरू गर्न बाध्य हुन्छन् । उनको जुवामा गरिएको हार र त्यसको राजनीतिक परिणामले ठूलो संकट उत्पन्न गराउँछ । कर्णको राजनीति मित्रताको लागि समर्पित छ । उनी आफ्नो मित्र दुर्योधनको पक्षमा रहन्छन् र उनको विश्वासलाई निभाउन कुनै पनि हदसम्म जान्छन् । कर्णको राजनीति प्रतिशोध र आत्मसम्मानको संघर्ष हो । उनी आफ्नो सम्पूर्ण जीवनभर आफ्नो पहिचानको लागि संघर्ष गरिरहेका हुन्छन् ।
नैतिकता र राजनीति
राजनीति नैतिकताविना अस्तित्वमा रहन सक्दैन । नैतिकता मानव मूल्यहरूको रक्षामात्र होइन, यो राजनीति र समाजको दिगो विकासका लागि पनि आवश्यक छ । महाभारतमा देखाइएका युद्ध, छलकपट र कूटनीतिक निर्णयहरू सबैले नैतिकता र राजनीतिको जटिल सम्बन्धलाई उजागर गर्छन् ।
कृष्णले युद्धका बेला पाण्डवहरूलाई धर्म र नैतिकताको मार्गदर्शन गर्छन् । उनी कूटनीतिक चालमा माहिर भए पनि उनका कार्यहरू धर्म र समाजको हितका लागि नै केन्द्रित छन् । कृष्णको राजनीतिले नैतिकताको महत्वलाई प्राथमिकता दिनुपर्छ भन्ने सिकाउँछन् । युधिष्ठिरले सधैँ सत्य र न्यायलाई प्राथमिकता दिन्छन् । उनले राजनीति गर्दा आफ्नो नैतिक मूल्यहरूको त्याग गर्दैनन्, जसले उनलाई एक आदर्श नेताको रूपमा स्थापित गरेको छ ।
कूटनीति भनेको आफ्नो उद्देश्य प्राप्त गर्न विनासंघर्ष वा विनायुद्धको सफल उपाय हो । यो सहमति, संवाद, र समझदारीको माध्यमबाट समस्याहरू समाधान गर्ने कला हो । कृष्ण महाभारतका सबैभन्दा कुशल कूटनीतिज्ञ हुन् । उनी कूटनीतिक चालहरू, संवाद, र नीति प्रयोग गरेर पाण्डवहरूको विजय सुनिश्चित गर्छन् ।
नैतिकता र राजनीति एक अर्काका परिपूरक हुन् । राजनीतिमा शक्ति, कूटनीति र नेतृत्व सबै महत्वपूर्ण भए पनि, नैतिकताको आधारमा गरिएको राजनीतिमात्र दीर्घकालीन सफल हुन सक्छ । महाभारतको कथाले राजनीतिमा नैतिकता कतिको आवश्यक छ भन्ने कुरा स्पष्ट पार्छ । नैतिकता र धर्मको पालना पनि उत्तिकै आवश्यक छ । महाभारतबाट राजनीतिसम्बन्धी धेरै शिक्षा र पाठहरू प्राप्त गर्न सकिन्छ । युधिष्ठिर र कृष्णका कार्यहरूले नैतिकता र राजनीतिमा सन्तुलनको आवश्यकता देखाउँछन् ।
शक्ति र कूटनीति
महाभारतले शक्ति र कूटनीतिलाई कसरी सही तरिकाले प्रयोग गर्ने भन्ने महत्वपूर्ण पाठ प्रदान गर्छ । शक्तिको सही प्रयोगले सकारात्मक परिणाम ल्याउन सक्छ । यो केबल शारीरिक बल वा सैन्य क्षमतामा मात्र सीमित छैन, बरु नेतृत्व, निर्णय क्षमता, र प्रभावमा आधारित हुन्छ । पाण्डवहरूको पक्षमा कृष्णले शक्ति र कूटनीतिलाई सही रूपमा प्रयोग गरेर पाण्डवहरूको विजय सुनिश्चित गरेका थिए ।
शक्तिको दुरुपयोगले विनाश निम्त्याउँछ । दुर्योधनले आफ्नो शक्तिको दुरुपयोग गर्दै पाण्डवहरूको विरुद्ध युद्ध घोषणा गरे, जसको अन्ततः विनाशकारी परिणाम भयो । स्वार्थ, अहंकार, र प्रतिशोधमा आधारित निर्णयहरूले कौरवहरूको पतन सुनिश्चित गर्यो । शक्तिको प्रयोग धर्मसम्मत हुनुपर्छ भन्ने महाभारतले देखाउँछ । धर्मका आधारमा लिइएको शक्तिको प्रयोग नै दीर्घकालीन सफल र न्यायोचित हुन्छ । पाण्डवहरूले युद्ध गर्नु आफ्नो धर्म र अधिकारको रक्षाका लागि भएको थियो भने कौरवहरूले आफ्नो स्वार्थका लागि युद्ध गरेका थिए ।
कूटनीति भनेको आफ्नो उद्देश्य प्राप्त गर्न विनासंघर्ष वा विनायुद्धको सफल उपाय हो । यो सहमति, संवाद, र समझदारीको माध्यमबाट समस्याहरू समाधान गर्ने कला हो । कृष्ण महाभारतका सबैभन्दा कुशल कूटनीतिज्ञ हुन् । उनी कूटनीतिक चालहरू, संवाद, र नीति प्रयोग गरेर पाण्डवहरूको विजय सुनिश्चित गर्छन् ।
महाभारतमा कूटनीतिक चालहरू, शान्तिवार्ता, र सहयोगका लागि गरिएको प्रयासहरूले युद्धको भयावहता कम गर्न प्रयाश गरिएको देखिन्छ । कूटनीतिमा कुनै बेला छल पनि आवश्यक हुन्छ, तर यसमा नैतिकताको सीमारेखा पार गर्नु हुँदैन । महाभारतमा कर्णलाई अर्जुनबाट मार्नका लागि कृष्णले छलपूर्ण योजना अपनाए पनि, यसलाई धर्म र न्यायको आवश्यकतामा आधारित कूटनीति भनिएको छ।कूटनीति मात्र शत्रुहरूसँगको वार्तामा सीमित छैनस यो मित्रता र गठबन्धन स्थापना गर्न पनि महत्त्वपूर्ण हुन्छ ।
कृष्णले पाण्डवहरूको पक्षमा विभिन्न राज्यहरूलाई एकत्रित गर्दै कूटनीतिक गठबन्धन बनाए, जसले युद्धमा महत्त्वपूर्ण योगदान पुर्यायो । कृष्णको नेतृत्वमा पाण्डवहरूले शक्ति र कूटनीतिक सन्तुलन राखेर नै युद्धमा विजय हासिल गरे ।
कूटनीतिले शक्तिलाई सही दिशामा प्रयोग गर्न मद्दत गर्छ । शक्ति प्रदर्शन गर्नुभन्दा पहिले सम्झौता र संवादको मार्ग खोल्छ । कूटनीतिले शक्तिको दुरुपयोग रोक्न र सहमति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
एक कुशल नेताले कठोर निर्णय लिन र जोखिम उठाउन तयार रहनुपर्छ । अर्जुनको नेतृत्वले युद्धका कठिन परिस्थितिमा साहस र दृढ संकल्पको महत्त्वलाई देखाउँछ । उनले युद्धका क्रममा सही समयमा सही निर्णय लिँदै नेतृत्वको क्षमता प्रस्तुत गरेका छन् ।
शक्तिको प्रदर्शन आवश्यक पर्दा मात्र गर्नुपर्ने हुन्छ । महाभारतमा देखाइएको द्रौपदीको अपमान र त्यसपछि भएको युद्धले शक्तिलाई नियन्त्रण र सही प्रयोगको आवश्यकता दर्शाउँछ ।
महाभारतले शक्ति र कूटनीतिको महत्त्वलाई गहनरूपमा देखाएको छ । शक्ति जहाँ आवश्यक हुन्छ त्यहाँ नै प्रयोग गर्नु, र कूटनीतिक उपायहरूको सधैँ पहिला प्रयोग गर्नु नै बुद्धिमानी हो । यी दुवैको सन्तुलनले मात्र नेतृत्व प्रभावकारी बन्न सक्छ । शक्ति र कूटनीति सँगसँगै हुँदा मात्र राजनीतिमा सफल हुन सकिन्छ, र महाभारतले यस सम्बन्धलाई हाम्रो सामु उजागर गरेको छ ।
गठन्धन र मित्रता
गठबन्धन भनेको दुई वा दुईभन्दा बढी पक्षहरूबीच साझा लक्ष्यहरू हासिल गर्न बनाइने सम्झौता वा सहकार्य हो । पाण्डवहरूले कृष्ण, मत्स्यराज विराट, र राजाद्रुपदसँगको गठबन्धनद्वारा आफ्नो शक्तिलाई बलियो बनाए । महाभारतमा देखिने प्रमुख गठबन्धनहरू सैन्य र राजनीतिक दुवै प्रकारका थिए । युद्धमा विजयी हुने चाहनाले मात्र होइन, आफ्नो वर्चस्व कायम राख्न पनि विभिन्न राज्यहरूले पाण्डव वा कौरव पक्षसँग सहकार्य गरे ।
कौरवहरूको साथमा कर्ण, शल्य, र जयद्रथजस्ता शक्तिशाली राजा थिए, जसले उनीहरूको पक्षलाई बलियो बनायो । गठबन्धनमात्र संख्यात्मक बल बढाउन होइन, रणनीतिक लाभ लिन पनि गरिन्छ। महाभारतमा कृष्णले पाण्डवहरूको पक्षमा विभिन्न राज्यहरूसँग गठबन्धन गराएर युद्धको रणनीति बलियो पारेका थिए । महाभारतमा कर्ण र शल्यबीचको असमझदारीले कौरव पक्षलाई धेरै कमजोर बनायो । यसले देखाउँछ कि गठबन्धन बलियोमात्रै भएर पुग्दैन, एकता र समझदारी पनि उत्तिकै आवश्यक छ।कृष्ण र अर्जुनबीचको मित्रताले अर्जुनलाई युद्धको निर्णायक क्षणमा सही निर्णय लिन सहयोग पुर्यायो । अर्जुनलाई गीता उपदेश दिएर कृष्णले मित्रताको सच्चा अर्थ देखाएका छन् ।
धैर्य भनेको कठिन परिस्थितिमा पनि शान्त र स्थिर रहन सक्ने क्षमता हो भने रणनीति भनेको लक्ष्य प्राप्तिका लागि योजनाबद्ध कदम चाल्ने प्रक्रिया हो । धैर्य भनेको कठिनाइ र असफलता सामना गर्दा पनि धैर्यपूर्वक प्रतीक्षा र सही अवसरको प्रतीक्षा गर्ने गुण हो । धैर्यले व्यक्तिलाई आफ्नो लक्ष्यप्रति दृढ रहन मद्दत गर्छ र आवेश वा आवेगमा गलत निर्णय लिनबाट जोगाउँछ । महाभारतमा धैर्यको गहिरो महत्त्वलाई विभिन्न पात्रहरूको जीवन र निर्णयहरूमा देख्न सकिन्छ ।
मित्रता विश्वासमा आधारित हुन्छ । महाभारतमा पाण्डवहरूबीचको आपसी मित्रता र विश्वासले उनीहरूलाई कठिन समयमा एकजुट रहन मद्दत गर्यो । यसले देखाउँछ कि मित्रता केबल शब्दमा मात्र सीमित हुँदैन यो कार्य र समर्थनमा पनि देखिनुपर्छ । महाभारतमा मित्रताको धर्म र कर्तव्यसँगको सम्बन्धलाई पनि देखाइएको छ । कृष्णले अर्जुनको मित्र भएर पनि उनलाई सही मार्गदर्शन गरेर युद्धमा धर्मको पालन गराए । यसले मित्रताको सही अर्थ भनेको सही मार्गदर्शन हो भन्ने देखाउँछ ।
नेतृत्व र जिम्मेवारी
नेतृत्व र जिम्मेवारी राजनीतिमा मात्र नभई हरेक क्षेत्र र जीवनका हरेक पक्षमा महत्त्वपूर्ण भूमिकामा रहेका दुई अवधारणा हुन् । नेतृत्व भनेको मार्गदर्शन, प्रेरणा, र निर्देशन प्रदान गर्ने कला हो भने जिम्मेवारी भनेको आफ्नो कार्य र निर्णयहरूको परिणामको दायित्व स्वीकार गर्ने गुण हो । यी दुई तत्त्वले एक साथ काम गर्दा मात्र कुशल नेतृत्व र सफल शासन सम्भव हुन्छ ।
नेतृत्व भनेको मानिसहरूलाई मार्गदर्शन, प्रेरणा र प्रोत्साहन गर्ने क्षमता हो, जसले उनीहरूलाई निश्चित लक्ष्य प्राप्त गर्न मद्दत गर्छ । एक कुशल नेताले आफ्नो अनुयायीहरूको विश्वास जित्न र सही दिशामा अगाडि बढाउन सक्छ । महाभारतमा कृष्ण, भीष्म, द्रोणाचार्य, अर्जुन, र दुर्योधनजस्ता पात्रहरूले नेतृत्वको विभिन्न पक्षलाई उजागर गर्छन् ।
जिम्मेवारी भनेको आफ्नो कार्यप्रतिको उत्तरदायित्व पनि हो । अर्जुनले युद्धका बेला आफ्नो जिम्मेवारी बिर्सिएर युद्ध गर्न नचाहेको अवस्थामा, कृष्णले गीता उपदेश दिएर उनलाई उनको कर्तव्य र जिम्मेवारी सम्झाए। नेतृत्व र जिम्मेवारी एकअर्काका पूरक तत्त्व हुन्, जसले राजनीति, समाज, र व्यक्तिगत जीवनलाई सही दिशा दिन्छन् ।
एक कुशल नेताले कठोर निर्णय लिन र जोखिम उठाउन तयार रहनुपर्छ । अर्जुनको नेतृत्वले युद्धका कठिन परिस्थितिमा साहस र दृढ संकल्पको महत्त्वलाई देखाउँछ । उनले युद्धका क्रममा सही समयमा सही निर्णय लिँदै नेतृत्वको क्षमता प्रस्तुत गरेका छन् ।
महाभारतले स्वार्थी नेतृत्वको परिणामलाई पनि राम्रोसँग देखाएको छ । दुर्योधनको नेतृत्व स्वार्थ, अहंकार, र प्रतिशोधमा आधारित थियो । उनले आफ्नो व्यक्तिगत इच्छा पूरा गर्न गलत निर्णय लिँदा अन्ततः कौरवहरूको पतन भयो। यसले देखाउँछ कि नेतृत्वको सफलता केवल शक्ति र अधिकारमा मात्र नभई, जिम्मेवारी र नैतिकतामा आधारित हुनुपर्छ ।
युधिष्ठिरको सत्यनिष्ठा र न्यायप्रियता नेतृत्वमा हुनैपर्ने अनुकरणीय गुण हुन्। उनले युद्धका समयमा पनि आफ्नो धर्म र कर्तव्यको पालन गर्दै नेतृत्व गरे, जसले पाण्डवहरूको पक्षमा एकता कायम राख्न मद्दत गर्यो ।
महाभारतमा भीष्म र द्रोणाचार्यले आफ्नो कर्तव्यप्रति जिम्मेवारीको निर्वाह गरे पनि आफ्नो प्रतीज्ञा र दायित्वलाई महत्त्व दिएर कौरवहरूको पक्षमा युद्ध लडे, तर उनको आत्मसंघर्षले देखाउँछ कि कर्तव्यको पालना गर्दा नैतिकताको पालन कत्तिको चुनौतीपूर्ण हुन सक्छ ।
एक नेताको जिम्मेवारी भनेको केबल नेतृत्व गर्नु मात्र होइन, आफ्नो निर्णयहरूको परिणामको पनि सामना गर्नु हो । कृष्णले पाण्डवहरूको तर्फबाट कूटनीतिक निर्णयहरू लिँदै जिम्मेवारीको उदाहरण प्रस्तुत गरे। उनले युद्धको समयमा पनि पाण्डवहरूको मनोबल उच्च राख्ने जिम्मेवारी निर्वाह गरे ।
जिम्मेवारी भनेको आफ्नो कार्यप्रतिको उत्तरदायित्व पनि हो । अर्जुनले युद्धका बेला आफ्नो जिम्मेवारी बिर्सिएर युद्ध गर्न नचाहेको अवस्थामा, कृष्णले गीता उपदेश दिएर उनलाई उनको कर्तव्य र जिम्मेवारी सम्झाए। नेतृत्व र जिम्मेवारी एकअर्काका पूरक तत्त्व हुन्, जसले राजनीति, समाज, र व्यक्तिगत जीवनलाई सही दिशा दिन्छन् ।
धैर्य र रणनीति
धैर्य भनेको कठिन परिस्थितिमा पनि शान्त र स्थिर रहन सक्ने क्षमता हो भने रणनीति भनेको लक्ष्य प्राप्तिका लागि योजनाबद्ध कदम चाल्ने प्रक्रिया हो । धैर्य भनेको कठिनाइ र असफलता सामना गर्दा पनि धैर्यपूर्वक प्रतीक्षा र सही अवसरको प्रतीक्षा गर्ने गुण हो । धैर्यले व्यक्तिलाई आफ्नो लक्ष्यप्रति दृढ रहन मद्दत गर्छ र आवेश वा आवेगमा गलत निर्णय लिनबाट जोगाउँछ । महाभारतमा धैर्यको गहिरो महत्त्वलाई विभिन्न पात्रहरूको जीवन र निर्णयहरूमा देख्न सकिन्छ ।
महाभारतमा पाण्डवहरूले १३ वर्षको वनबास र एक वर्षको अज्ञातबास सहन गर्दै आफ्नो धैर्य देखाएका छन् । उनीहरूको धैर्यले अन्ततः उनीहरूलाई विजयको मार्गमा पुर्यायो ।
युद्धको समयमा अर्जुनलाई गीता उपदेश दिएर कृष्णले धैर्य र संयमको महत्त्वलाई अझ स्पष्ट रूपमा देखाएका छन् । धैर्यको कमीले गलत निर्णय लिन प्रेरित गर्छ । दुर्योधनको असहिष्णुता र अधैर्यले नै कौरवहरूको पतनको मार्ग प्रशस्त गर्यो । उनले पाण्डवहरूको सफलतामा जलन र आवेगमा आइसकेर युद्धको निर्णय लिए, जसले विनाश निम्त्यायो ।
धैर्यले सही समयको प्रतीक्षा गर्न सिकाउँछ । युधिष्ठिरले युद्धका क्रममा धेरैपटक धैर्य देखाएर सही निर्णयहरू लिए, जसले पाण्डवहरूको पक्षलाई बलियो बनायो । उनले आफूमाथि भएको अन्यायको बदला लिन आवेशमा निर्णय गरेनन्, बरु सही समयको प्रतीक्षा गरे ।
महाभारतमा रणनीतिक चालहरूले नै युद्धको दिशा र परिणाम निर्धारण गरेका छन् । रणनीतिक योजना बनाउनु भनेको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण स्रोत र साधनको कुशल प्रयोग गर्नु हो ।
महाभारतमा कृष्णले पाण्डवहरूको पक्षमा विभिन्न रणनीतिहरू अपनाएर युद्धको दिशा परिवर्तन गरिदिएको पाइन्छ । उदाहरणका लागि, भीष्मको पराजयका लागि शिखण्डीलाई अगाडि सार्ने कृष्णको योजना एक महत्वपूर्ण रणनीति थियो । पाण्डवहरूले विभिन्न राज्यहरूसँगको गठबन्धनद्वारा आफ्नो शक्ति बढाए, जसले उनीहरूलाई युद्धमा महत्त्वपूर्ण लाभ दिलायो ।
संयमपूर्वक रणनीति अपनाउँदा मात्र सफलता सम्भव हुन्छ । दुर्योधन र कर्णको आवेगले उनीहरूको रणनीति विफल भए पनि पाण्डवहरूको संयम र धैर्यले उनीहरूको रणनीतिक योजनाहरू सफल भए । आजको जीवनमा पनि धैर्य र रणनीतिक सोचले कठिनाइहरूलाई पार गर्न र दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्छ । यी दुवै तत्त्वको संयोजनले मात्र व्यक्ति र समाजलाई सही मार्गमा अघि बढ्न र सफल हुन प्रेरित गर्छ ।
रणनीति केवल युद्धको मैदानमा मात्र नभई, कूटनीतिक चालहरूमा पनि आधारित हुन सक्छ । महाभारतमा अर्जुन, कृष्ण, र भीमले युद्धका क्रममा विभिन्न रणनीतिक चालहरू अपनाएर शत्रुलाई परास्त गरे । अर्जुनको क्षमता र भीमको शक्तिसँगै बुद्धिको प्रयोगले पाण्डवहरूको विजयमा ठूलो भूमिका खेल्यो ।
रणनीतिमा कहिलेकाहीँ छल र धोका पनि आवश्यक हुन सक्छ, तर यो सदैव नैतिकताको सीमाभित्र रहनुपर्छ । कृष्णले अर्जुन र भीमलाई युद्धका क्रममा रणनीतिक छल गर्न प्रेरित गरे, जस्तै जयद्रथलाई सूर्यास्तको भ्रम दिनु र द्रोणाचार्यको मृत्युको झूटा समाचार फैलाउनु यी चालहरूले नै युद्धमा पाण्डवहरूको विजय सुनिश्चित गरे । धैर्य र रणनीति एकअर्काका पूरक हुन् । धैर्यले सही समयमा सही रणनीति अपनाउन प्रेरित गर्छ भने रणनीति धैर्यको साथमा मात्र सफल हुन सक्छ । धैर्यले रणनीतिक चालहरूको सही समयमा प्रयोग गर्न मद्दत गर्छ ।
युद्धको बेला कृष्णले पाण्डवहरूलाई धैर्यको महत्त्व सम्झाउँदै सही समयमा मात्र आक्रमण गर्न प्रेरित गरे । यसले देखाउँछ कि धैर्य र रणनीति सँगसँगै हुँदा मात्र सफलता सम्भव हुन्छ । रणनीतिक सोचलाई सफल बनाउन धैर्य आवश्यक महाभारतमा पाण्डवहरूले अनेकौं पराजय र कठिनाइहरू झेले पनि धैर्यधारण गरी अन्ततः विजय प्राप्त गरे । संयम भनेको रणनीतिमा धैर्यको प्रयोग हो ।
संयमपूर्वक रणनीति अपनाउँदा मात्र सफलता सम्भव हुन्छ । दुर्योधन र कर्णको आवेगले उनीहरूको रणनीति विफल भए पनि पाण्डवहरूको संयम र धैर्यले उनीहरूको रणनीतिक योजनाहरू सफल भए । आजको जीवनमा पनि धैर्य र रणनीतिक सोचले कठिनाइहरूलाई पार गर्न र दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्छ । यी दुवै तत्त्वको संयोजनले मात्र व्यक्ति र समाजलाई सही मार्गमा अघि बढ्न र सफल हुन प्रेरित गर्छ ।
अन्तमा,
महाभारतमा धेरै पात्रहरू धर्म, कर्तव्य, र व्यक्तिगत स्वार्थबीचको द्वन्द्वमा फसेको देखिन्छ । राजनीतिमा आज पनि नैतिकताको प्रश्न र निर्णयको जटिलताहरू त्यस्तै देखिन्छन् । स्वार्थबीचको द्वन्द्व अहिले पनि समाजमा उत्तिकै छ । अहिलेको समयमा पनि सत्यको धेरै पाटा हुने गर्छन्, जहाँ व्यक्ति आफ्नो दृष्टिकोणअनुसार सही वा गलत निर्णय गर्न सक्छन्।
कृष्णजस्ता रणनीतिकार, अर्जुनजस्ता योद्धा, र भीष्मजस्ता आदर्श पात्रहरूको नेतृत्व क्षमता अहिलेको नेतृत्व विकास र व्यवस्थापनमा पनि उत्तिकै महत्वपूर्ण छ । महाभारतको राजनीनिक कथावस्तु नेतृत्व, नीति, र नैतिकताको दृष्टिकोणबाट यो आजको समयमा पनि सान्दर्भिक छ। त्यो केवल एक युद्ध कथा नभएर त्यो समयको मानव समाज, राजनीति, र शासन प्रणालीको दर्पण हो ।
हस्तिनापुरको राज्यका लागि भएका युद्धहरू केवल पारिवारिक विवाद मात्र नभई , अधिकार, धर्म, र न्यायको लागि गरिएको संघर्षको प्रतीक पनि थिए।राजनीतिक रूपमा शक्ति संघर्ष, गठबन्धन, कूटनीति, छलकपट, र युद्धनीति यस्ता अनेकौं राजनीतिक घटनाहरूले राज्य सञ्चालन, नेतृत्व, र कूटनीतिक चालहरूको अर्थ र प्रभावलाई बुझ्न वर्तमानका राजनीतिकर्मीलाइ सहयोग पुग्ने विश्वास गर्न सकिन्छ।