शव भेटिएको चौथो दिनमा भयो कालुसिंको दाह संस्कार – Nepal Press

शव भेटिएको चौथो दिनमा भयो कालुसिंको दाह संस्कार

डोटी । बिहीबार शङ्कास्पद अवस्थामा मृत फेला परेका ७५ वर्षीय वृद्ध कालु सिंह बिष्टको आइतवार दाह संस्कार भएको छ ।

दिपायल सिलगढी नगरपालिका–६, सिलगढी (जिल्ला प्रहरी कार्यालय, डोटी नजिकै) रहेको आफ्नै घरमा मृत अवस्थामा फेला परेका बिष्टको हत्या भएको भन्दै आफन्तहरुले शव बुझ्न मानेका थिएनन् । भाद्र १७ गते कुशे औँशीका दिनदेखि सम्पर्कबिहिन भएपछि आफन्तहरुले बिष्टको खोजी गर्दा उनी घरमै मृत अवस्थामा फेला परेका थिए ।

घरको ढोकाम बाहिरबाट ताला लगाएको अवस्थामा भित्र शव भेटिएको, घरभित्रको सामान छरपष्ट फालिएको र मृतकले चलाउने मोवाईल अर्कैले प्रयोग गरिरहेकोले बिष्टको हत्या भएको दावी आफन्तहरुको छ ।

मृतकका आफन्त र प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालसहित प्रहरीबीच भएको छलफलमा प्रहरीले अनुसन्धानलाई तिव्रता दिने प्रतिवद्धता जनाएपछि आफन्तहरु शव बुझ्न सहमत भएका हुन् । आईतवारै शव बुझि सेती नदीमा दाहसंस्कार गरिएको मृतकका नातेदार नारद मलासीले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद्नै देखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई बताउँछन् । उनले भने ‘घटनाको प्रकृति हेर्दा हत्यानै हो भन्ने कुरामा संका छैन, तर शव परीक्षण प्रतिवेदन आउन बाँकी रहेकाले एकिन भन्न सकिने अवस्था छैन । उनले घटनाको अनुसन्धानलाई तिव्रता दिईएको वताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *