शेयर बजारमा २५ अंकको गिरावट – Nepal Press

शेयर बजारमा २५ अंकको गिरावट

काठमाडौं । आइतबार शेयर बजारमा २५.४६ अंकको गिरावट आएको छ । बजार २७०१.९० विन्दुमा अडिएको छ । माग कमजोर हुँदा बजारमा दबाबमा परेको देखिन्छ । आज १० अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ३ वटा समूहका (त्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड) सूचक बढेका छन् । केही दिन यता सेयर बजारमा उतसाह कमजोर हुदै गएको छ ।

माहुली लघुवित्त वित्तिय संस्था, सृजनशिल लघुवित्त वित्तिय संस्था, मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा आएका ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा सिइििडिब हाइड्रोपावर अग्रस्थानमा छ । यसको ४२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *