धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण

२०८१ साउन २७ गते ८:००

klx/f] lkl8tnfO{ /fxt
uf]/vf, @& ;fpg M pQ/L uf]/vfsf] wfr]{ ufpFkflnsf%, l;ªnfl:yt /];]kmfF6sf] klx/f] lkl8tnfO{ /fxt ljt/0f ub}{F nfoG:f lhNnf l/kf]{l6ª k|d'v od a;]nnufot . tl:j/ M bLKfs >]i7÷/f;;
गोरखा । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ ।
पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो ।
लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ ।
पहिरोमा ज्यान गुमाएकाहरूका र घाइतेका ४० परिवारलाई सिरक, डसना वितरण गरिएको छ ।
रेसेफाँटमा यही साउन १३ गते पहिरोमा परी एकै परिवारका तीनजनासहित पाँच जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर