इटहरीमा काकाबाट नाबालिग भतिजीको हत्या – Nepal Press

इटहरीमा काकाबाट नाबालिग भतिजीको हत्या

विराटनगर । सुनसरीको इटहरीमा काकाले इटहरीमा डेढ वर्षीया नाबालिग भतिजीको ब्लेडले चिरेर हत्या गरेका छन् ।

इटहरी उपमहानगरपालिका- ५ मा डेरा गरी बस्ने शालिग्राम लुइँटेलले भतिजीको क्रूरतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।

शालिग्रामले भतिजी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेको इटहरी प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट ब्लेडसहित शालिग्रामलाई नियन्त्रणमा लिएको जनाएको छ । शालिग्रामले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगी जस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर