भारतीय सडक पारवहन तथा हाइवेमन्त्री गडकरीले भने- नेपालप्रति भारतको छुट्टै प्रेम छ – Nepal Press

भारतीय सडक पारवहन तथा हाइवेमन्त्री गडकरीले भने- नेपालप्रति भारतको छुट्टै प्रेम छ

काठमाडौ । भारतका सडक पारवहन तथा हाइवेमन्त्री नितिन गडकरीले नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न भारत तयार रहेको बताएका छन् । नेपाली युवाहरूको एक प्रतिनिधिमण्डलसित कुरा गर्दै उनले नेपालको आर्थिक समृद्धिका लागि सडक पारवहन महत्वपूर्ण रहने बताए ।

भारतको महाराष्ट्रस्थित नागपुरमा रहेको गडकरीको निजी निवासमा नेपाली प्रतिनिधिमण्डलसँग तीन घन्टा लामो भेटवार्ता भएको थियो । गडकरीले भारतले सधैँ नेपालको हित चाहेको उल्लेख गरे ।

‘हिन्दूत्वको दृष्टिले पनि नेपाल विश्वमा एकमात्र राष्ट्र हो, त्यसैले नेपालप्रति भारतको छुट्टै प्रेम र स्नेह रहेको छ’,  गडकरीले भने ।

अर्को छिमेकी राष्ट्र चीनले नेपालप्रति असल भावना नराखेको उनले टिप्पणी गरेका छन् । ‘चीनले नेपालप्रति विस्तारवादी र अहंकारवादी सोच राखेको छ, उसको नियत ठीक छैन’, गडकरीले भने ।

नेपालमा भइरहेको हवाई दुर्घटनाप्रति गडकरीले चासो दिएका थिए । पर्यटक आकर्षित गर्न हवाइ मार्ग सुरक्षित बन्नुपर्नेमा उनले जोड दिए ।

भेटवार्तामा नेपाल हिन्दू राष्ट्र बन्नुपर्ने विषयमा पनि चर्चा भएको थियो । गडकरीले आफू चाँडै नेपाल भ्रमणमा आएर पशुपति मन्दिर र मुक्तिनाथको दर्शन गर्न इच्छुक रहेको बताएका छन् ।

गडकरी भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका पूर्व राष्ट्रिय अध्यक्षसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर