तेल र ग्यास विक्रेतालाई आगो नियन्त्रक राख्न छिन्नमस्ता गाउँपालिकाको निर्देशन – Nepal Press

तेल र ग्यास विक्रेतालाई आगो नियन्त्रक राख्न छिन्नमस्ता गाउँपालिकाको निर्देशन

जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आधिकारिक तेल र ग्याँस विक्रेतालाई अनिवार्य आगो नियन्त्रक राख्न निर्देशन दिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमेश कुमार झाले शुक्रवार सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

तेल, ग्याँस र प्रज्वलनशिल पदार्थको विक्री वितरण गर्ने स्थानमा आगो लाग्ने सम्भावना हुन्छ । त्यसैले अनिवार्य आगो नियन्त्रक राख्न सबै आधिकारिक तेल र ग्यास विक्रेतालाई गाउँपालिकाले पत्राचार समेत गरेको छ ।

तेल,ग्यास, प्रज्वलनशिल पदार्थको विक्रि वितरण केन्द्रमा अनिवार्य रुपमा सर्वसाधारण जनताको पहुँचमा रहनेगरी सबैले हेर्ने स्थानमा आगो नियन्त्रक अनिवार्य राख्न गाउँपालिकाले निर्देशन दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *