रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा सुरु भएको छ । पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको हो् ।
गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले दुई दिने ‘क्लोज क्याम्प’ राखेको जनाएको छ ।
क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित करिब दुईसय जना सहभागी छन् ।