महिला भलिबलमा फ्रेन्चाइज लिग हुने, पहिलो संस्करणमा ६ टिम
काठमाडौं। नेपाली महिला भलिबलमा पनि फ्रेन्चाइज लिग हुने भएको छ।
इनफिनिटी ड्रिम्स प्रालीले एभरेस्ट वुमन्स भलिबल लिग आयोजना गर्न लागेको हो। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने इनफिनिटिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए।
प्रतियोगितामा काठमाडौं, ललितपुर, मधेश, गन्डकी, चितवन र कर्णाली टिम रहनेछन्। काठमाडौंका मालिक शरद टिबारेवाला हुन् भने ललितपुरमा अनुज तिमल्सिना, अनोज रिमाल र भिरोचन खनाल रहेका छन्।
यस्तै मधेशका मालिक रोहित अग्रवाल र विशाल अग्रवाल हुन्। गन्डकीका सौरभ केडिया हुन् भने चितवनको स्वामित्व निम्बस होल्डिङ्सले लिएको छ। कर्णालीमा राजेश बगादिया र प्रतिक अधिकारी रहेका छन्।