गुडियाभित्र राखेर ६ केजी कोकिन नेपाल ल्याइयो, कतारमा पेटबाट निकालेको आशंका (भिडिओ) – Nepal Press

गुडियाभित्र राखेर ६ केजी कोकिन नेपाल ल्याइयो, कतारमा पेटबाट निकालेको आशंका (भिडिओ)

काठमाडौं। गुडियाभित्र राखेर करिब ६ केजी कोकिन नेपाल ल्याउँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक विदेशी नागरिक पक्राउ परेका छन्।

प्रहरीले बुधबार ल्यातभियाका ५१ वर्षीय इभार्स भाल्टर्सलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट ६ केजी २४ ग्राम कोकिन बरामद गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले ह्यान्डक्यारीमा शंका लागेर प्रहरीलाई खबर गरेको थियो। ह्यान्डक्यारीभित्र लुकाइएको अवस्थामा कोकिनका क्याप्सुल भेटिएको थियो।

भाल्टर्सले आफूलाई कतारको दोहा विमानस्थलमा केही व्यक्तिले ल्याएर उक्त सामान दिएको बयान दिएका छन्। अगष्ट २ तारिखमा ल्यातभियाबाट हिँडेका भाल्टर्स त्यसको चार दिनपछि दोहा आइपुगेका थिए।

लागु औषध नियन्त्रण ब्युरोका प्रमुख दिनेश आचारर्यले प्रारम्भिक अनुसन्धानमा कतारमा पेटबाट निकालेर क्याप्सुललाई खेलौनाभित्र राखिएको पाइएको बताए। इभार्सले आफू पेरिस ओलम्पिक हेर्न आउँदा केही व्यक्तिले सम्पर्क गरी कोकिन नेपाल लैजान भनेको बयान दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *