चाडबाडका लागि भारतबाट १९ हजार मेट्रिक टन चिनी ल्याउन सरकारले थाल्यो तयारी


काठमाडौं । नजिकिँदै गरेको चाडबाडका लागि सरकारले भारतबाट चिनी ल्याउने प्रक्रिया अघि बढाएको छ । भारतले नेपालका लागि १९ हजार टन चिनी आयातको कोटा तोकेको थियो । सो चिनी ल्याउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म/कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ ।
कोटाको चिनी आयात गर्न भारतले तोकेको समयावधि आगामी ३० सेप्टेम्बरसम्म मात्र हो । विभागले ५ दिनको समय दिएर टेण्डर आव्हान गरेको छ । प्रस्ताव आव्हान गर्ने कम्पनीले आफुले ल्याउन चाहेको चिनीको परिणामा २ हजार ६ सय मेट्रिक टनबाट नघट्ने गरी परिणाम खुलाइ आवेदन दिनुपर्ने विभागले जनाएको छ ।
अनुमति पाएका कम्पनीले चिनी आयात गर्न नसक्ने भए १५ दिन भित्रै जानकारी दिनुपर्ने भएको छ । अनुमति पाएको फर्म वा संस्थाले एक महिनाभित्र चिनि नल्याए अनुमति पत्र खारेज हुनेछ । यदि चिनि आयात गर्न नसक्ने भए १५ दिनभित्र सरकारलाई जानकारी दिइसक्नु पर्नेछ । सरकारले निजी क्षेत्रलाई पनि चिनी आयात गर्न दिन प्रस्ताव माग गरेको बताएको छ ।
ल्याइएको चिनी साल्ट ट्रेडिङले तोकेको मूल्यमा बिक्री गर्नुपर्ने विभागले भनेको छ । चाडबाडमा चिनीको अभाव हुने र बढी मुल्य तिरेर काला बजारी मार्फत आएको चिनी उपभोक्ताले किन्नु परेको गुनासो विगत देखिनै हुदै आएको छ । सरकारले त्यस्तो समस्या समाधान गर्न चाडबाड नजिकिदै गर्दा चिनी आयात प्रक्रिया अघि बढाएको हो ।