कांग्रेस बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी, सय दिने सांगठनिक अभियान चलाउने

२०८१ साउन २४ गते १५:११

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको दोस्रो दिनको बैठक अहिले बसिरहेको छ । हिजोको बैठकले तय गरेको ११ एजेण्डामाथि नेताहरुले धारणा राख्ने क्रम जारी रहेका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
हिजोको बैठकमा महासमितिमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, भ्रातृ संगठनहरुको अधिवेशनको समयमा निर्देशन समिति बनाउने, १०० दिने सांगठनिक अभियान (भदौ १५-मंसिर २५) सञ्चालन गर्ने लगायतको एजेण्डा तय गरेको थियो ।
यी एजेण्डामा आजबाट निरन्तर छलफल चल्ने उनले बताए । नेताहरुले आफ्नो धारणा राखिएपछि सरकार र पार्टी चलायमान बनाउनेबारे निर्णय लिने उनको भनाइ छ ।
प्रतिक्रिया