पुराना जहाज र हेलिकप्टर बन्द गर्न माग, उडान अनुमति दिनेले भ्रष्टाचार गरेको आरोप – Nepal Press
संसदीय समिति:

पुराना जहाज र हेलिकप्टर बन्द गर्न माग, उडान अनुमति दिनेले भ्रष्टाचार गरेको आरोप

काठमाडौं । संघीय संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छलफलमा सहभागी सदस्यहरुले पुराना जहाज र हेलिकप्टर बन्द गर्नुपर्ने बताएका छन् ।

हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने माग संसदीय समितिको उठेको हो ।

समितिमा बोल्दै प्रेम सुवालले नेपालमा पुराना जहाज र हेलिकप्टरको कारणले पनि दुर्घटना वृद्धि भएकाले यो बन्द गुर्नपर्ने बताएका छन् ।

उनले भने, ‘पुरानो जहाज र हेलिकप्टर ल्याउने अनुमति कसले दियो? नियत र भष्ट्राचरमा परेर नै पुरानो जहाज र हेलिकप्टर सञ्चालनको अनुमति दिएको हो । जहाज र हेलिकप्टर दुर्घटनाको भएको विषयमा छानविन भइरहेको बेला उडान अनुमति दिने अधिकारीहरुलाई निलम्बन गर्नु पर्छ । काम नगर्नेहरुलाई जनताले तिरेको करबाट तलब खुवाएर राख्न उचित भएन । दुर्घटनाको जिम्मा अनुमति दिनेहरुले जिम्मा लिनु पर्छ । दुर्घटनाको जिम्मा पर्यटन मन्त्री र प्रधानमन्त्रीले लिनु पर्छ । प्रधानमन्त्रीले नै मन्त्रीको नियुक्ती गर्ने हो ।’

उडानसँग सम्बन्धित तलब खुवाएर राखेको मान्छेहरुलाई हटाउनु पर्ने र सरकारी विमान नउड्ने र निजी विमान उड्ने गरेको कुरामा पनि ध्यान दिनुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर