क्यानका डीजी हटाउने मन्त्री पाण्डेको संकेत, अदालतबाट फिर्ता नहुने बाटो खोजिरहेको खुलासा – Nepal Press

क्यानका डीजी हटाउने मन्त्री पाण्डेको संकेत, अदालतबाट फिर्ता नहुने बाटो खोजिरहेको खुलासा

काठमाडौं । पछिल्लो समय भइरहेका हवाई दुर्घटनामा नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि सांसदहरूले प्रश्न उठाइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफू प्राधिकरणका महानिर्देशक हटाउने पक्षमा रहेको संकेत गरेका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन नागरिक उड्डयन हेर्ने समितिमा बिहीबार उपस्थित भएका मन्त्री पाण्डेले पछिल्ला घटनाको नैतिक जिम्मेवारी लिएर महानिर्देशकले छाड्दा राम्रो हुने आशय व्यक्त गरे ।

उनले नैतिकता व्यक्तिमा निहीत हुने भएकाले यसमा आफूले बाध्य पार्न नसक्ने भन्दै नेतृत्वमाथि कारबाहीका लागि भोलि कुनै प्रक्रियाबाट उल्टिन नसक्ने उपाय आफूले खोजिरहेको खुलासा गरे ।

उनको संकेत सरकारले महानिर्देशक प्रदीप अधिकारीलाई हटाउने र अदालतबाट फर्किने अवस्था नआओस् भन्नेमा आफू सचेत रहेकोतर्फ थियो । उनले आफूले हटाएर कारबाही गरेको व्यक्ति अर्को प्रक्रियाबाट फर्किएमा मन्त्री पदमा बस्न नैतिकरूपमा नमिल्नेसमेत सांसदहरूलाई बताए ।

यसअघि कांग्रेस सांसद विमलेन्द्र निधीलगायतले डिजीलाई कारबाही गर्न माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर