एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे क्यान- बादलभित्र छिर्नु पाइलटको कमजोरी (भिडिओ)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा दुर्घटनाबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् । त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनले बताए ।
सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भीएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ । महानिर्देशक अधिकारीले भीएफआरको अनुमतिविपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको उनको दलिल थियो ।
अधिकारीले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजी गर्यौं । जबसम्म हामी क्रयास साईट आईडेन्टीफाई तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर, हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउनेबित्तिकै खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो । र, सरकारले आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्न । आज बिहान हामीले माननीय मन्त्रीज्यु, सचिवज्यु, हामी गएर साईट पनि हेर्यौं । यसको रुट कज चाहीँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानबिन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादलभित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो चाहीँ पाईलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित हो । यो कानूनले वर्जित गरेको विषय हो । यो रुटकज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला । ’
हिजो नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा भएको उक्त दुर्घटनामा चार चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।
मरिसकेको पाईलटको दोष भन्दियो, नियमनकारी निकाय चोखिने सुनपानी आयोग गठन गरो सकियो। चोरका खन्तिहरु