ओलम्पिक फाइनल खेल्न नपाएपछि विनेस फोगटले गरिन् कुस्तीलाई अलबिदा
काठमाडौं । ओलम्पिकको फाइनलमा अयोग्य ठहरिएपछि भारतीय पहलमान विनेश फोगटले सन्न्यास घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले कुस्तीलाई अलबिदा गरेकी हुन् ।
५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फोगटले फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । तर ओेभरवेट रहेको पाइएपछि उनलाई फाइनल खेल्न अयोग्य ठहर गरिएको थियो । त्यससँगै उनले कुनै पनि पदक नपाउने भएकी छन् ।
फोगटले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कुस्तीले जितेको र आफूले हारेको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘माफ गर्नुस् आमा, तपाईँको सपना मेरो हिम्मत सबै टुट्यो ।अब योभन्दा बढी तागत मसित छैन । अलबिदा कुस्ती ।’
२९ वर्षीय फोगटले सन् २००१ बाटै कुस्ती खेल्न थालेकी हुन् । उनी ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला कुस्तीबाज बनेकी थिइन् । कम्तीमा रजत पद पाउने पक्का भएको थियो । तर अब उनी त्यसबाट पनि वञ्चित बनेकी छन् । रित्तो हात घर फर्किनुपरेको छ ।