अर्थमन्त्री पौडेललाई प्रश्न- शेयर बजारमा भारी गिरावट आउनुलाई कसरी लिनुभएको छ ? – Nepal Press

अर्थमन्त्री पौडेललाई प्रश्न- शेयर बजारमा भारी गिरावट आउनुलाई कसरी लिनुभएको छ ?

काठमाडौं । मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । बढीरहेको बजारमा नाफा बुक गर्नेहरु हाबी हुँदा बजार प्रभावित बनेको छ । छोटो समयमा बढेको बजारबाट लगानीकर्ताले प्रोफिट बुक गर्दा मंगलबार नेप्से सूचकमा भारी गिरावट आएको छ ।

नयाँ सत्ता समीकरणसँगै बढीरहेको बजारमा आज गिरावट आउनुलाई अर्थमन्त्री विष्णु पौडेलले कसरी हेरिरहेका छन् भनेर नेपाल प्रेसले गरेको प्रश्नमा अर्थमन्त्री पौडेलले कुनै पनि लगानीकर्ताको लगानी नडुबोस् भन्ने आफूले चाहेको बताए । विशेष गरी कर्नरिङ, मिडिया क्याम्पियनबाट कुनै पनि लगानीकर्ता भिक्टिम हुन नहुने पौडेलले बताए ।

पछिल्लो केही हप्तादेखि निरन्तर शेयर बजार बढीरहँदा आज ह्वात्तै घट्नुलाई लगानीकर्ताहरुले स्वभाविक लिएका छैनन् । यस्तो अवस्थामा अर्थमन्त्री पौडेलको पनि बजारप्रति चासो हुनु स्वभाविक हो ।

यद्यपी सूचकमा भारी गिरावट आएपनि कारोबार रकमले भने नयाँ कीर्तिमान कायम गरेको छ । यसदिन २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज नेप्से सूचक १४५.०५ विन्दुले घटेको छ । सूचक २६५१.३२ अंकमा आएर अडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *