बंगलादेशी राष्ट्रपतिले भंग गरे संसद
नेपाल प्रेस
२०८१ साउन २२ गते १५:१८
काठमाडौं । बंगलादेशको संसद भंग भएको छ । मंगलबार राष्ट्रपति महममद शाहबुदिनले संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।
आधा वर्ष अगाडि मात्रै चुनाव भएर बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको खबर सार्वजनिक भएको हो ।
अहिलेको संसद बंगलादेशको १२ औँ संसद हो । गत जनवरी ७ मा भएको चुनावबाट यो संसद चलन भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर