राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी
नेपाल प्रेस
२०८१ साउन २२ गते १४:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार जारी बैठकमा पहिलो पटक उनी सहभागी भएका हुन् ।
आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यसअघि साउन १६ गते शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने जानकारी गराउँदै समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।
प्रतिक्रिया
One thought on “राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी”
Leave a Reply
सम्बन्धित खवर
लाज नभएको यो समितिले निजामति विधेयक रोकेको वर्षौं भयो । अरू कुरा गर्न लाज पनि रहेनछ ।