कान्तिलोकपथ अवरुद्ध

२०८१ साउन २२ गते १२:२२

ललितपुर । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।
भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ ।
बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर