निरन्तरको वर्षाले काठमाडौं उत्पयकामा ट्राफिक जाम – Nepal Press

निरन्तरको वर्षाले काठमाडौं उत्पयकामा ट्राफिक जाम

काठमाडौं । निरन्तरको वर्षाले काठमाडौं उपत्यकामा ट्राफिक जाम भएको छ ।

अहिले बिहान ११ बजेसम्म वर्षाकै कारण धेरै जाम भए पनि अहिले भने जाम कम हुँदै गइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

माइतीघर, थापाथली, त्रिपुरेश्वर, लैनचौरमा लगायतका मुख्य स्थानमा वर्षाकै कारण जाम भइरहेको र ट्राफिक प्रहरी परिचालन गरेर जाम हटाउने प्रयास भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पर्याप्त मात्रामा ट्राफिक परिचालन गरिएको र वर्षा पनि रोकिएका कारण केहि समय भित्रै जाम खुकुलो भइसक्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *