रोमानियामा बसेर नेपालमा साइबर अपराध, फर्कँदा विमानस्थलबाट पक्राउ – Nepal Press

रोमानियामा बसेर नेपालमा साइबर अपराध, फर्कँदा विमानस्थलबाट पक्राउ

काठमाडौं । रोमानियाबाट फर्किएका युवक साइबर अपराध गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको घिरिङका ३५ वर्षीय सन्दीप थापा मगर रहेका छन् ।

उनले रोमानिया रहेका बेला पीडितको फेसबुक अकाउन्ट ह्याक गरेर त्यसमा रहेका श्रीमानश्रीमतीबीच भएका गतिविधिलाई फेक अकाउन्ट बनाएर सार्वजनिक गरेको आरोप लागेको छ ।

उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर