विश्वकप लिग- २ को लागि २२ खेलाडी प्रशिक्षणमा, को को परे ?
काठमाडौं । विश्वकप लिग- २ अन्तर्गत क्यानडामा हुने आसन्न श्रृङ्खलाको तयारीका लागि २२ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी छन् ।
त्यस्तै करण केसी, गुल्शन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बासिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा पनि छन् ।
क्यानडामा आगामी महिला हुने श्रृंखलामा नेपाल, क्यानडा र ओमान खेल्नेछन् । नेपालले विश्वकप लिग- २ मा दोस्रो श्रृंखला खेल्न लागेको हो ।
यसअघि घरेलु मैदानमा खेलेको पहिलो श्रृंखलामा चारमध्ये ३ खेल हारेको थियो भने एउटा जितेको थियो ।