पदमुक्तपछि प्राधिकरण सञ्चालक आचार्य भन्छन्- पत्र इमेलबाट आयो, कानूनी उपचारबारे सोच्दैछौं – Nepal Press

पदमुक्तपछि प्राधिकरण सञ्चालक आचार्य भन्छन्- पत्र इमेलबाट आयो, कानूनी उपचारबारे सोच्दैछौं

काठमाडौं । सरकारले पदमुक्त गरेका नेपाल विद्युत प्राधिकरणका दुबै सञ्चालक प्राधिकरणको बोर्ड बैठकमा पुगेका छन् । प्राधिकरणले बिहानै आज साढे ४ बजे बैठकमा उपस्थित हुनु भनेपछि आफूहरु पुगेको सञ्चालक कपिल आचार्यले नेपालप्रेसलाई बताए ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले भने इमेलमार्फत आइतबार २ बजेर १५ मिनेट जाँदा पत्र पठाएकाले त्यसलाई मान्यता दिने कि कानूनी उपचार खोज्ने भन्ने पनि सोचेका छौं’, आचार्यले भने ।

प्राधिकरणका बोर्ड सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले पदमुक्त गरेको पत्र १८ गते लेखेको भए पनि उनीहरुलाई आजमात्र इमेलमा आएको हो । प्राधिकरणको बैठक साढे ४ बजेलाई बोलाइए पनि अहिलेसम्म बस्न सकेको छैन ।

नेकपा एकीकृत समाजवादी कोटामा आचार्य र नेकपा माओवादी केन्द्र कोटामा पुनलाई प्राधिकरण बोर्डमा नियुक्त गरिएको थियो । डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार तथा विद्युत नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनीहरुलाई हटाइएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर