डेडिकेटेड र ट्रंक लाइन विवाद : प्राधिकरणका दुई सञ्चालक पदमुक्त – Nepal Press

डेडिकेटेड र ट्रंक लाइन विवाद : प्राधिकरणका दुई सञ्चालक पदमुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त भएका छन् । सरकारले उनीहरुलाई पदमुक्त गरेको पत्र साउन १८ गते पठाएको हो । सहसचिव इन्दिरा दाहालले दुवै सञ्चालकलाई छुट्टाछुट्टै पत्र पठाएर पदमुक्त भएको जानकारी दिएकी छन् ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै यसअघि दुवै जनालाई उर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था गरेको छ । सञ्चालक समिति सदस्यहरूको पदावधि ४ वर्षको हुने व्यवस्था छ तर सरकारलाई चित्त नबुझे हटाउन सक्ने व्यवस्था पनि रहेको छ ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *