मान्छे खाएको बाघ नियन्त्रणमा आउँदा गाउँमा फेरि अर्को जनवारको त्रास, तीन बाख्रा मारिए – Nepal Press

मान्छे खाएको बाघ नियन्त्रणमा आउँदा गाउँमा फेरि अर्को जनवारको त्रास, तीन बाख्रा मारिए

कैलाली । कञ्चनपुरमा एक महिलालाई आक्रमण गरेर मारे बाघ नियन्त्रणमा आउँदा पनि गाउँमा त्रास हटेको छैन ।

गत बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ मा २६ वर्षी या हीरा शाहको ज्यान लिएर नजिककै उखुबारीमा लुकेको बाघ झन्डै २४ घण्टापछि शुक्रबार बिहान मात्र नियन्त्रणमा लिइएको थियो।

बाघलाई नियन्त्रणमा लिएको अर्को दिन फेरि दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीमा बाघजस्तै जनावरले तीन बाख्रा मारेपछि स्थानीय त्रसित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जनावरले तीन बाख्रा मारेको जानकारी आएको बताए । प्रहरीले राति उक्त स्थान जोखिममा रहेको भन्दै घरबाट बाहिर नआउन माइकिङ गरेको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जनावरले बाख्रा खाएको सूचना आए पनि बाघले नै खाएको हो भन्ने पुष्टि हुन नसकेको बताए । उनले चितुवाबाट पनि आक्रमण भएको हुन सक्ने बताए । महिलालाई आक्रमण गरेको करिब ३ किलोमिटरको दुरीमा बाख्रा मारेको उनले बताए ।

‘पदचाप र बाख्रा खाएको तस्बिर हेर्दा चितुवाजस्तो अनुमान गरेका छौँ। हामी प्रत्यक्षदर्शी र घटनास्थल हेरेर विस्तृत अध्ययन गरेर खोजीमा लाग्छौँ,’ ऐरले भने ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले ड्रोन क्यामेराको मद्दतले जनावर रहन सक्ने सम्भावित क्षेत्रमा खोजि गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर