ज्योतिषी खतिवडालाई थुनामा राख्न अदालतको अनुमति – Nepal Press

ज्योतिषी खतिवडालाई थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।

काठमाडौं प्रहरीले सोमबार बिहान खतिवडालाई महाराजगञ्जस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

चार दिनअघि नेताहरुको मृत्युको कामना गर्दै अनुष्ठान आयोजना गर्न लागेको उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर