व्यस्तता देखाउँदै संसदीय सुनुवाइ समितिको बैठक बेलुकालाई सर्यो

२०८१ साउन १४ गते ११:४१

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम अनुमोदनका लागि बस्न लागेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । कार्यव्यस्तताका कारण बैठक बेलुकालाई सरेको एमालेकी सचेतक सुनीता बरालले बताइन् ।
सिंहदरबारमा हुने भनिएको बैठकका लागि समितिका सदस्य तथा पत्रकार उपस्थित भइसकेका थिए । अहिले अरु बैठकहरू भएकाले स्थगित गर्ने निर्णय भएको बरालको भनाइ छ । भरे संसद भवनमा बैठक बस्ने तय भएको छ ।
प्रतिक्रिया
One thought on “व्यस्तता देखाउँदै संसदीय सुनुवाइ समितिको बैठक बेलुकालाई सर्यो”
Leave a Reply
सम्बन्धित खवर
This man is unfit for the Chief Election Officer. Please out him from this selection process.