बालाजुमा एटीएम फोड्दै गरेका युवक पक्राउ – Nepal Press

बालाजुमा एटीएम फोड्दै गरेका युवक पक्राउ

काठमाडौं । पैसा चोर्न एटीएम फुटाउँदै गरेका एक युवक पक्राउ परेका छन् । आज दिउँसो पौने ३ बजे बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीम फुटाउँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन् । उनको साथबाट फलामको रडसमेत बरामद गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर