ब्याजदर करिडोरको माथिल्लो सीमा र नीतिगत दर घट्यो, ब्याजदर झन घट्ने

२०८१ साउन ११ गते १३:१५

काठमाडौं । ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको माथिल्लो सीमा घटाएको हो। यस्तै नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ ।
ब्याजदर कोरिडरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन दरलाई भने यथावत् राखिएको छ ।
मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखिएको छ ।
प्रतिक्रिया