मलद्वारमा झण्डै एक केजी सुन बोकाएर पठाउने योजनाकार १ वर्षपछि पक्राउ

२०८१ साउन १ गते १९:३६

काठमाडौं । दुबईबाट मलद्वारमा झण्डै एक केजी सुन बोकाएर पठाउने गिरोहको योजनाकार भनिएका व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको महाभारत- २ का विकास योञ्जनलाई पक्राउ गरेको हो । गत साउन २५ गते दुबईबाट हिमालय एयरलाइन्समा आएका बाबुलाल दोङलाई प्रहरीले मलद्वारमा लुकाएर ल्याएको ९६० ग्राम सुनसहित पक्राउ गरेको थियो ।
बाबुलालले उक्त सुन विकासले ल्याउन लगाएको बयान दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर