म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु

२०८१ असार २८ गते ७:२८

पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु
म्याग्दी, २८ असारः
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको आरखोलामा शुक्रबार बिहान झरेको पहिरोले पुरिएको तुलप्रसाद न्यौपानेको घर । घरभित्र सुतेका अन्दाजी ५०÷५१ वर्षका तुलप्रसाद न्यौपाने र उनकी श्रीमती बालकुमारीको पहिरोमा पुरिएर मृत्यु भएको छ । तस्बिर सन्तोष गौतम/ रासस
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर