स्पेन युरो कपको फाइनलमा प्रवेश – Nepal Press

स्पेन युरो कपको फाइनलमा प्रवेश

काठमाडौं। फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

जर्मनको म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्न सफल भयो ।

खेलको पहिलो अग्रता भने फ्रान्सले लिएको थियो । खेलको आठौं मिनेटमा मुआनीले हेडर गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाएका थिए । एम्बाप्पेको पासमा मुआनिले गोल गरेका थिए ।

तर खेलको २१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । युरो २०२४ मा सनसनी प्रदर्शन गरिरहेका १६ वर्षीय लामिन यमालले बक्स बाहिरबाट सुन्दर गोल गर्दै बराबरी गर्न सफल भए ।

२५औं मिनेटमा स्पेनले अग्रता लियो । ड्यानी ओल्मोले गोल गरेपछि स्पेन २-१ को अवस्थामा पुग्यो । त्यसपछि दुबै टोलीको तर्फबाट गोल भएन र १२ वर्षपछि स्पेन पुनः फाइनलमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *