संसदमा एकनाथ ढकालको माग- पूर्वसांसदहरुको नि:शुल्क उपचार गर्ने व्यवस्था होस् (भिडिओ)

२०८१ असार २५ गते १४:३४

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले पूर्व सांसदहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले पूर्वसांसदहरूले देशका लागि धेरै योगदान गरेको बताए।
उनले भने, ‘हामीले ६६ औँ संसद दिवस मनायौँ। पूर्वसांसदहरूले देशका लागि धेरै योगदान गर्नुभएको छ।कम्तीमा नेपालको सरकारी अस्पतालहरूमा पूर्वसांसदहरू जो आफैँ औषधि उपचार गर्नका लागि सक्षम हुनुहुन्न। उहाँहरूका लागि उपचार गर्ने व्यवस्था मिलाइयोस्।’
प्रतिक्रिया
भोली म पनि पूर्व सांसद हुन्छु भनेर अहिलेदेखि चिन्तित तुल्याइ जस्तो छ सांसद एकनाथ ढकालज्यूलाइ । नेपाली जनतालाइ कति चुस्ने विचार छ माननिय सांसदज्यू । अहिलेको खर्च नै अति भयो भनेर सांसदहरूको संख्या घटाउने, हालको समानुपातिक सांसदको व्यवस्थालाइ हटाउने तथा क्षेत्रिय सरकारको व्यवस्था नै खारेज गर्ने जस्ता विचारहरूलाइ तपाइले कसरी हेर्नु भएको छ सांसदज्यू जवाफ दिन सक्नु हुन्छ ?