भारतमा आएको बाढीमा छ गैँडाको मृत्यु

२०८१ असार २४ गते १८:५५

फाइल तस्विर
काठमाडौं । भारतको आसाम राज्यमा गएको बाढीको कारण छ गैँडाको मृत्यु भएको छ । बीबीसीका अनुसार बाढीको कारण मृत्यु भएका १३० जनावरमा छ गैँडा परेको बताइएको छ ।
आसामको काजिरंगा राष्ट्रिय निकुन्जमा यस्तो घटना भएको हो । सन् २०१७ मा पनि यस्तै तनावको खबर सार्वजनिक भएको थियो । त्यो साल उक्त निकुन्जमा ३५० जीवजन्तुको मृत्यु भएको थियो ।
सरकारी अधिकारीहरुका अनुसार यो बाढीमा ९७ जीवजन्तुको उद्धार गरिएको छ । जसमा ५२ वटालाई उपचार पछि छोडिएको छ ।
प्रतिक्रिया