नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएकी मधेशकी चिकित्सक साहविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएकी मधेशकी चिकित्सक साहविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा आवद्ध भएको आरोपमा महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकी चिकित्सक संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सक साहविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको हो । साह आठौं तहको होमियोप्याथी चिकित्सकतर्फ करारमा आठौं तहमा कार्यरत रहेकी छन् ।

भारतको बिहार संस्कृत शिक्षा बोर्डद्वारा संचालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएको भनेर साहले पेश गरेको शैक्षिक प्रमाणपत्र झुठा देखिएको आयोगको दावी छ ‌।

आयोगका प्रवक्ता नरहरी घिमिरेले चिकित्सक साहको शैक्षिक प्रमाणपत्र झुठा देखिएपछि भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएकी मधेशकी चिकित्सक साहविरुद्ध भ्रष्टाचार मुद्दा

  1. आजिवन कारावास होस् । यस्तालाई बाँच्ने अधिकार पनि दिनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर