अदालतको सुरक्षामा खटिएका प्रहरी कुटेको आरोपमा वकिलविरुद्ध जाहेरी दर्ता – Nepal Press

अदालतको सुरक्षामा खटिएका प्रहरी कुटेको आरोपमा वकिलविरुद्ध जाहेरी दर्ता

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत प्रहरी जवानमाथि वकिलले हातपात गरेको आरोपमा जाहेरी दर्ता भएको छ ।

म्याग्दीको बेनी नगरपालिका ५ स्थायी घर भइ हाल काठमाडौं जिल्ला अदालतमा कार्यरत प्रहरी जवान जीवन छिनालले आफूमाथि वकिल नानी थापा भन्ने लक्ष्मी थापाले ड्यूटीका क्रममा हातपात र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएका हुन् ।

असार २३ गते आफू गेटमा ड्यूटीमा तैनाथ भइरहेको अवस्थामा क्लाइन्टसहित थापा सो गेटबाट भित्र प्रवेश गर्न आँट्दा त्यहाँबाट पब्लिकलाई प्रवेश गर्ने आदेश नभएकाले आफूले रोक्न खोज्दा आफूमाथि तथानाम गालीगलौज गर्दै हातपात भएको उनले जाहेरीमा उल्लेख गरेका छन् ।

प्रहरीले जवानले सीसीटीभी हेर्न र त्यहाँ रहेकाहरुको बयान लिइ अनुसन्धान गरिपाउँ भनि जिल्ला अदालत काठमाडौंमा जाहेरी दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर