कैदीबन्दीलाई चौकीदार बनाउन घुस लिँदै गर्दा परासी कारागार प्रमुख पक्राउ – Nepal Press

कैदीबन्दीलाई चौकीदार बनाउन घुस लिँदै गर्दा परासी कारागार प्रमुख पक्राउ

रुपन्देही । कैदीबन्दीलाई चौकीदार बनाउन घुस लिँदै गर्दा कारागार कार्यालय नवलपरासीका प्रमुख प्रशासक विनोदकुमार दत्त पक्राउ परेका छन् । उनलाई डेढ लाख रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनलाई कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरिएको हो । कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको अख्तियारको भनाइ छ ।

कारागारमा रहेका कैदीबन्दीबाट चौकीदार छनोट गर्ने चलन छ । कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले छनोट गर्छ ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका विराटनगर महानगरपालिका निवासी उनको साथबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार बरामद भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *