रुस र चीनबीचको भूपरिवेष्ठित देश मंगोलियाको भ्रमणमा पहिलोपटक पुग्दै भुटानी राजा


काठमाडौं । भुटानी राजा जिग्मे केसर नाम्ग्याल वाङ्चुक मंगोलियाको भ्रमणमा जाने भएका छन् । सोमबारबाट सुरु हुने भ्रमण एक हप्ताको हुनेछ ।
भुटानको विदेश मन्त्रालयका अनुसार सन् २०१२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका दुई देशमा भुटानको तर्फबाट भएको यो पहिलो मंगोलियाको राजकीय भ्रमण हो ।
भ्रमणका दौरानमा भुटानी राजाले मंगोलियाको मंगोलियाको राष्ट्रिय नादाम पर्वको आतिथ्यता गर्नेछन् । सत्ताको संरचनाको कोणमा भुटान राजतन्त्रात्मक देश हो भने मंगोलिया गणतान्त्रिक देश । तर, दुई विशाल छिमेकीहरुबाट घेरिएको कोणमा दुवै देश उस्तै हुन् ।
भारत र चीनबाट घेरिएको छ भुटान भने रुस र चीनबाट घेरिएको छ मंगोलिया । तर, भुटानको जस्तो एक छिमेकीसँग मात्रै कूटनीतिक सम्बन्ध मंगोलियाको छैन ।
उसको दुवै छिमेकीसँग कूटनीतिक सम्बन्ध छ । दुवै छिमेकीको राजधानीमा मंगोलियाको दुतावास छन् । धार्मिक कोणमा भने भुटान र मंगोलिया दुवै बौद्धमार्गी बाहुल्य भएका देशहरु हुन् ।