नयाँ सरकार गठनको पूर्वसन्ध्यामा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट – Nepal Press

नयाँ सरकार गठनको पूर्वसन्ध्यामा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट

काठमाडौं । कांग्रेस र एमालेको गठबन्धनमा नयाँ सरकार गठनको तयारी भइरहँदा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट भएका छन् ।

कांग्रेसका हिन्दूवादी नेताहरु पार्टीका केन्द्रीय सदस्य एवं नेपाल कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक शंकर भण्डारीको महाराजगञ्ज सम्पर्क कार्यालयमा भेला भएका हुन् ।

भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरु देवेन्द्रराज कंडेल , पुष्पा भुसाल, नेतृहरु गंमनी शाही, मुक्तकुमारी यादव, सीता देवकोटालगायत सहभागी थिए ।

भेलामा नयाँ सरकार निर्माण र संविधान संशोधनका क्रममा हिन्दू राष्ट्र स्थापनाको विषयलाई एजेण्डाका रुपमा अगाडि बढाउनुपर्नेमा छलफल भएको बताइएकाे छ ।

हिन्दूवादी नेता भण्डारीलाई आगामी सरकारमा समावेश गर्न उक्त भेलाले दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

One thought on “नयाँ सरकार गठनको पूर्वसन्ध्यामा कांग्रेसका हिन्दूवादी नेताहरु एकजुट

  1. यी अराजकताबादीहरु बिकाश शुशाशनको कुरा कहिल्यै गर्दैनन।आफुले देशका लागि सिन्को भाचेनन।अब सस्तो लोकप्रियता का लागि अशान्ति मच्चाउन खोज्दै छ्न!यीनीहरुलाइ पार्टीले तुरुन्त निश्काशन गरोस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर